काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल कम्पनीले निष्कासन गरेको साधारण सेयर आईपीओ आज बाँडफाँट हुने भएको छ । आज बिहान ९ बजे बिक्री प्रबन्धक एनआइबी एस क्यापिटलको कार्यालयमा बाँडफाँट हुनेछ ।
आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । आईपीओमा ११ लाख १३ हजार ८५५ जनाले कुल १ करोड ४७ लाख ६५ हजार १२० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ९ लाख ७३ हजार २५४ जनाले सेयर हात पार्नेछन् ।
बाँकी १ लाख ४० हजार ६०१ जनाको भने हात खाली हुनेछ । कम्पनीले असोज १४ देखि १८ गतेसम्म अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणका लागि निष्कासन गरेको थियो ।
FACEBOOK COMMENTS