काठमाडौं । सागर डिष्टिलरी कम्पनीले अंकति मूल्यमा प्रिमियममा थपेर साधारण सेयर आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले आईपीओको प्रस्ताव सहित साधारणसभा बोलाएको छ । मंसिर १५ गतेका लागि बोलाएको सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव पेश हुने भएको छ । लागि कम्पनीको प्रबन्धपत्र संशोधन गर्न र आइपीओ निष्कासन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विषय पेश हुने छ ।
यस्तै आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।
FACEBOOK COMMENTS