काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको साधारण सेयर (आईपीओ) आज बाँडफाँट हुँने भएको छ ।
आज बिहान ९ बजे बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ । तसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।
यसमा ११ लाख ९४ हजार ८२० जनाले कुल १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका छन् । २ लाख ७ हजार ५२८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ९ लाख ८७ हजार २९२ जनाको हात खाली हुनेछ ।
कम्पनीले कात्तिक १६ देखि २० गतेसम्म सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर निष्कासन गरेको थियो । यस कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई उक्त आइपीओ बिक्रीमा ल्याएको हो ।
FACEBOOK COMMENTS