काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले साधारणका लागि सेयर आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले १४ करोड रुपैयाँको सेयर निष्कासन गन लागेको कम्पनीले पहिलो चरणमा प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड ४० लाख रुपैयाँ १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।
कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारी, ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आजदेखि निष्कासन गरेको आईपीओमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ । यो अवधिमा माग अनुसार आवेदन नपरेमा मंसिर २२ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS