काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
मङ्सिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बन्दीपुर परियोजना प्राङ्गणमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । कम्पनीले पुस १४ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयसँगै सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव सभाका लागि तय गरेको छ । सार्वजनिक निष्कासनका लागि आवश्यक सम्पूर्ण कार्यको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
आईपीओ निष्कासन प्रस्तावसँगै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।
FACEBOOK COMMENTS