काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो ।
यसमा गोलाप्रथामार्फत १ लाख १४ हजार १ सय २५ जना सर्वसाधारण आवेदकहरुले सेयर पाएका छन् । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार यो आइपीओमा कुल १२ लाख ७६ हजार ५ सय ५८ जनाको आवेदन परेकामा ८४ हजार ५ सय ६० जनाको आवेदन रद्द भएको थियो । योग्य ११ लाख ९१ हजार ९ सय ९८ जना आवेदकहरुलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।
कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २ सय ५० कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।
FACEBOOK COMMENTS