काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्कासन गर्ने भएको छ ।
लिमिटेडले पुस २५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको हो । जसमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ९ लाख ३० हजार कित्ता छुट्याईएको छ । सर्वोत्तम सिमेन्टले पहिलो पल्ट बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न लागेको हो ।
स्थानीय र वैदेशिक रोजगारीमा गएकालाई आइपीओ जारी गरिसकेपछि सर्वसाधारणका लागि खुला हुने छ ।
यस कम्पनीको आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा माघ १० गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा माघ २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS