काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीले निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिन आज अन्तिम दिन हो ।
आज कार्यालय समयसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन पाउनेछन् । कम्पनीले माघ २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ८० हजार कित्ता सेयर निष्कासन गरेको छ ।
ओम मेगाश्रीले धितोपत्र बोर्डबाट १८ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो । जसको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको छ । यस्तै ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि रहेको छ । बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ ।
यसमा न्यूनतम कित्ता १० र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS