काठमाडौं । ह्वाइट लोटस पावर लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीको जारी पुँजीको २६% ले हुन आउने १२ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । प्रतिशेयर अङ्कित मूल्य १०० रूपैयाँमा बिक्री गर्न लागिइएको कम्पनीले जनाएको छ ।
सो शेयर बिक्री गर्नका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावर लिमिटेडको तर्फबाट कार्यकारी निर्देशक सुमन कुमारी जोशीले हस्ताक्षर गरे ।
ह्वाइट लोटस पावर लिमिटेडले लमजुङ्गको भुलभुलेस्थित हिदि खोलाको पानी सदुपयोग गरी ६.८२ मेगावाटको नदी प्रवाहिमा आधारित हिदि खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
FACEBOOK COMMENTS