काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले साधारण सेयर आईपीओ बिक्री खुला गरेको छ ।
संस्थाले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गरेको हो । उनीहरुका लागि २३ हजार १ सय कित्ता आईपीओ निष्काशन गरेको छ ।
वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आईपीओ बाँडफाँट भएपछि सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता साधारण सेयर निष्कासन हुने कम्पनीले जनाएको छ ।
वैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा साउन ९ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।
FACEBOOK COMMENTS