काठमाडौं । हिमस्टार ऊर्जा कम्पनीले असार २४ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम म्याद हो ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि पहिले नै शेयर बाँडफाँट गरिसकेको कम्पनीले अहिले सर्वसाधारण लगानीकर्ताहरूका लागि शेयर निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत (११ करोड १९ लाख रुपैयाँ) बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । यसमध्ये १ लाख ८६ हजार ५०० कित्ता स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता विदेशमा काम गर्ने नेपालीहरूका लागि पहिले नै बाँडिएको छ ।
अहिले कर्मचारीहरूका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरूका लागि ४६ हजार ६२५ कित्ता सुरक्षित गरिएको छ भने बाँकी ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको छ ।
न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म खरिद गर्न सकिने सकिने आईपीमा सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिन्छ । ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन पाइनेछ ।
यस आईपीओको प्रबन्धक एनआईसी एसिया क्यापिटल हो ।
इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ ।
कम्पनीले सञ्चालन गरेको ५ मेगावाटको बुकु कापटी खोला जलविद्युत आयोजनाको कुल लागत एक अर्ब २३ करोड ८५ लाख रुपैयाँ छ । यसको विद्युत अनुमतिपत्र २७.७ वर्ष बाँकी छ ।
FACEBOOK COMMENTS