काठमाडौं । बन्दीपुर केवलकार एंड टुरिजमले निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गरेको हो । कम्पनीले साउन ६ गतेदेखि सेयर निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँको ५८ लाख ६० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ५ करोड २९ लाख ४० हजार रुपैयाँको प्रतिसेयर १०० रुपैयाँका दरले ५ लाख २९ हजार ४०० कित्ता साधारण सेयर श्रम स्वीकृती लिएर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।
आईपीओमा न्यूनतम १० देखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
यसको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले धितोपत्र बोर्डबाट सी आस्बा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS