काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ ।
आईपीको जारी गर्न कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
नियुक्तिसम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेडका तर्फबाट अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गरेका छन् ।
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्टले ३० करोड रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरका ३० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरिरहेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड स्थायी पूँजी साधन लगानी संस्था हो, जसलाई ग्लोबल इक्विटी फण्डले व्यवस्थापन गर्दै आएको छ । ग्लोबल इक्विटी फण्ड नेपालको पहिलो नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त प्राइभेट इक्विटी र भेञ्चर क्यापिटल फण्ड प्रबन्धक हो ।
यो कम्पनीले भौतिक पूर्वाधारको विकासका लागि स्वच्छ ऊर्जा, यातायात, विद्युतीय सवारी साधन, सौर्य, जलविद्युत्, सूचना प्रविधि, कृषि र आतिथ्य जस्ता प्रमुख क्षेत्रहरूमा सञ्चालन हुने कम्पनीहरूमा पूँजी परिचालन गरिसकेको बताएको छ ।
यो कम्पनीलाई हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्सका साथै व्यवसायी राजेन्द्र खेतान र बसन्त चौधरीले प्रवर्द्धन गरेका छन् ।
FACEBOOK COMMENTS