काठमाडौं । झापा इनर्जी कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले आजदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा रवैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गरेको छ ।
कम्पनीले जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको ३ करोड ८० लाख १९ हजार रुपैयाँको ३ लाख ८० हजार १९० कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानियलाई निष्कासन गरेको छ ।
स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १ लाख ९० हजार ९५ कित्ता सेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापा जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरको क्षेत्रका बासिन्दाहरुमा बाँडफाँड गरिने जनाएको छ ।
बाँकी १ लाख ९० हजार ९५ कित्ता सेयर क्षेत्र बाहेकका झापा जिल्लाको शिवसताक्षी नगरपालिका–४ का बासिन्दाका लागि निष्कासन गरिने जनाइएको छ । यस्तै ५७ लाख २ हजार ९०० रुपैयाँ ५७ हजार २९ कित्ता सेयर विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ । आयोजना प्रभावित स्थानीयले साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ १२ गतेसम्म आवेदन दिन सकिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले १८ गतेसम्म आवेदन दिने सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । स्थानियले हिमालय बैंकको दमक, दुधे तथा सुरुङ्गाका शाखा कार्यालय तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।
FACEBOOK COMMENTS