काठमाडौं । दरमखोला हाइड्रो इनर्जी कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई सेयर निष्कासन गरेपछि सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँको ३९ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।
जसमा प्रतिकित्ता सय रुपैयाँका दरले १० करोड ३० लाख ५० हजार रुपैयाँको १० लाख ३० हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि र २ करोड ९१ लाख ९५ हजार रुपैयाँको २ लाख ९१ हजार ९५० कित्ता साधारण सेयर श्रम स्वीकृती लिइ विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको बाँडफाँट भएको छ । कम्पनीले कर्मचारीहरुका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषहरुका लागि १ लाख ४५ हजार ९७५ कित्ता सेयर बाँडफाँट गरेको छ ।
यस्तै सर्वसाधारणका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँको २४ लाख २३ हजार १८५ कित्ता सेयर निष्कासन गरेको हो ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा साउन १९ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन २९ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS