काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले हाल कायम रहेको जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
जसमा प्रतिसेयर सय रुपैयाँका दरले १ करोड ४५ लाख २० हजारको १ लाख ४५ हजार २०० कित्ता सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको हो । आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ ११ गतेसम्म आवेदन दिन सकिने छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि न्यूनतम १० कित्ता देखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS