काठमाडौं । सागर डिष्टिलरी कम्पनीले निष्कासन गरेको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले साउन २८ देखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो । उक्त आईपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात १४ करोड ५२ लाख रुपैयाँको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।
प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २०० कित्ता सेयर श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० देखि अधिकतम ७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS