काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले निष्कासन गरेको आईपीओमा आजसम्म श्रम स्वीकृत लिएर रोजगारीका लागि विदेशमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
जसमा सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने प्रतिकित्ता सय रुपैयाँका दरले ३ करोड ९ लाख ९३ हजार ८०० रुपैयाँको ३ लाख ९ हजार ९३८ कित्ता सेयर निष्कासन गरेको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
कम्पनीको बिक्री प्रबन्धकमा नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले धितोपत्र बोर्डबाट सी आश्वा सदस्य दिएका बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS