काठमाडौं । झापा इनर्जी कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय र श्रम स्वीकृत लिएर विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेको छ । दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो ।
कम्पनीले ३ लाख ८० हजार १९० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय, ५७ हजार २९ कित्ता साधारण सेयर विदेशमा रहेका नेपालीका लागि बाँडफाँट गरिसकेको छ । यस्तै सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता र कर्मचारीका लागि ११ हजार ४०६ कित्ता छुट्याएको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँका दरले ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँको ४ लाख ७३ हजार ३३६ कित्ता सेयर निष्काशन गरेको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा भदौ २४ गतेसम्म आवेदन दिन सकिने छ ।
उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असोज ३ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS