काठमाडौं । सागर डिष्टिलरी कम्पनीले निष्कासन गरेको साधारण सेयरमा आवेदन दिने समय थपिएको छ ।
कम्पनीले भदौ ३० गतेदेखि आजसम्मका लागि आईपीओ निष्कासन गरेको थियो । आज कम्पनीले आवेदन दिने समय थपेसँगै अब असोज ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । जसमा १ लाख ४५ हजार २०० कित्ता सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।
कम्पनीले ७२ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४३ हजार ५६० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याएको छ । कम्पनीले सर्वसाधारण्का लगानीकर्ताका लागि प्रतिकित्ता सय रुपैयाँका दरले ११ करोड ९० लाख ६४ हजार रुपैयाँको ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरेको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन गर्न गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पूण गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको छ ।
कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।
FACEBOOK COMMENTS