काठमाडौं । एसवाई प्यानल नेपाल कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानिय र श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने नेपालीका लागि निष्कासन गरेको छ ।
कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ ।
जसमा प्रतिकित्ता सय रुपैयाँका दरले २ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँको २ लाख ६१ हजार ६२९ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानियका लागि निष्कासन गर्ने छ । सेयरमा चितवन जिल्ला रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाहरुका स्थानियले आवेदन दिन पाउनेछन् ।
कम्पनीले १० प्रतिशतले हुन आउने ४ करोड ९७ लाख ९ हजार २०० रुपैयाँ ४ लाख ९७ हजार ९२ कित्ता सेयर श्रम स्विकृत लिइ रोजगारीका लागि विदेशमा रहेका नेपालीका लािग निष्कासन गरेको छ । यस्तै कम्पनीका कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता छुट्याएको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

उद्योग प्रभावित क्षेत्रका स्थानियले असोज २१ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा कात्तिक ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असोज १० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असोज २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । आईपीओमा स्थानियले एसवाई प्यानल नेपाल, रत्ननगर, चितवन, प्रभु क्यापिटल, कमलादी र क्यापिटलले निर्माण गरेको अनलाइन लिंकमा गई आवेदन दिन सक्नेछन्। यसका साथै प्रभु बैंकको सौराहा र टाँडी शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा सदस्य लिएका बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।