काठमाडौं । सप्तकोशी सिमेन्टले प्राथमिक सेयर निष्काशन (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीको दोस्रो वार्षिक साधारण सभाले कुल जारी पुँजीको २० प्रतिशत आईपीओ सर्वसाधारणलाई जारी गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
सभाले कम्पनीको खुद मुनाफाबाट १२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । सभाले सञ्चालक समितिमा परिवर्तन गर्दै मोना जालानलाई नयाँ सञ्चालक अध्यक्ष र दिवाकर थापालाई स्वतन्त्र सञ्चालकमा चयन गरेको छ।
मोरङको कटहरी गाउँपालिकामा अवस्थित यस उद्योगले दैनिक ६०० टन सिमेन्ट उत्पादन गर्दै गुणस्तर र बजार विस्तारमा निरन्तर सुधार गर्दै आएको जनाएको छ।
FACEBOOK COMMENTS