काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीजे वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले पुस २५ गतेदेखि सेयर निष्कासन गरेको थियो ।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । जसमा सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँको ५ लाख ६२ हजार ५०० कित्ता साधारण सेयर श्रम स्वीकृती लिएर विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS