काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज बिहान साढे ८ बजे आइपीओको बाँडफाँड हुने भएको हो ।
कम्पनीले फागुन ५ गतेदेखि ११ गते सम्म खोलेको आवेदनमा २७ लाख ६ हजार ८७९ जना लगानीकर्ताले तीन अर्ब एक करोड ३७ लाख १२ हजार रुपैयाँ बराबरको तीन करोड एक लाख ३७ हजार १२० कित्ता शेयरको लागि आवेदन दिएका छन् ।
कम्पनीले १२ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । यो आइपिओ एक लाख २८ हजार ६५० लगानीकर्तालाई १०(१० कित्ताका दरले पर्ने छ भने बाँकीको हात खाली हुने छ ।

FACEBOOK COMMENTS