काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि आजदेखि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।
२२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरले २ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरिसकेको छ । ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।
बाँकी १८ लाख ४५ हजार कित्ता सेयर आजदेखि निष्कासन गरेको हो । आईपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा चैत ७ गतेसम्म आवेदन दिन सकिने छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
FACEBOOK COMMENTS