काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिन आज अन्तिम दिन हो ।
कम्पनीले पहिलो चरणमा चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमा ७ करोड रुपैयाँको ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । सो शेयर खरिदका लागि सिन्धुपाल्चोक जिल्लाका जुगल गाउँपालिका वडा नं। १, २, ३, ४, ५, ६ र ७ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० देखि अधिकतममा ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल छ । स्थानियले सिन्धु विकास बैंक र कुमारी बैंकको जुगल गाउँपालिका शाखा र सिन्धु विकास बैंकको चौतारा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
