काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीले साधारण सेयर आईपीओ निष्यकासन गरेको छ ।
कम्पनीले अहिले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । यसअघि नै पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ८० हजार कित्ता आइपीओ बाँडफाँट गरिसकेको छ ।
५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारी र ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई बाँडफाँट गरी सकेको छ । बाँकी रहेको १४ लाख ७६ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओमा
आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन चैत ३ गतेसम्म दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा चैत १२ गतेसम्म आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल छ । सर्वसाधारणले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS