काठमाडौं । ट्रेड टावर कम्पनीले २०८२ वैशाख ८ गतेदेखि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७ सय रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमाति लिएको छ ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्ने जनाएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्कासन गर्ने जनाएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
सेयरमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सक्नेछन् । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS