काठमाडौं । ट्रेड टावर कम्पनीले निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको थियो । उक्त सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९ प्रतिशत अर्थात ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कास गर्न अनुमति पाएको थियो । जसमा पहिलो चरणमा १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर निष्कासन गरेको छ ।
आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सेयर निष्कासन गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ । यसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS