काठमाडौँ । जाल्पा लघुवित्तको आईपीओमा माघ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
जाल्पा लघुवित्त वित्तीय संस्थाले साधारणसेयर निष्काशन गर्न लागेको हो ।
उक्त आईपीओमा माग अनुसार आवेदन नपरेको खण्डमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० देखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन सकिने छ । प्रतिकित्ता एक सय रुपैयाँका दरले ५ करोड २२ लाख रुपैयाँ ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । जसमा ८ हजार कित्ता कम्पनीका कर्मचारी र २६ हजार १ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आवेदनकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS