काठमाडौं । दरमखोला हाइड्रो इनर्जी कम्पनीले साधारण सेयर आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३९ करोड ५० लाख रुपैयाँको ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
दरम खोला बागलुङ जिल्लाको गल्कोट–११ अवस्थित रन-अफ-रिभर प्रकारको जलविद्युत् आयोजना हो । यो आयोजना अन्तर्गत दरम खोलाको पानीको प्रयोग गरी विद्युत् उत्पादन गरिन्छ । आयोजनाको कुल जडित क्षमता ९.६ मेगावाट रहेको छ ।
FACEBOOK COMMENTS