काठमाडौ । पूर्वी नेपाल इटहरीमा रहेको पाँचतारे स्तरको लक्जरी होटेल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व रहेको कम्पनी होटल गरिमा लिमिटेडले आफ्नो शेयर प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्काशन गर्ने भएको छ ।
एनआईएमबी एस क्यापिटल लिमिटेड सँग ‘रोडम्याप टु आईपीओ’ सम्बन्धी रणनीतिक सहकार्य तथा परामर्शका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौतामा होटल गरिमाको तर्फबाट उक्त कम्पनीका प्रबन्ध निर्देशक, विनोद पौडेल र एनआईएमबी एस क्यापिटलका तर्फबाट उक्त एस क्यापिटलका डेपुटी सीईओ सचिन्द्र ढुंगानाले सम्झौता पत्रमा औपचारिक हस्ताक्षर गरे ।
सम्झौता अनुसार, एनआईएमबी एस क्यापिटलले आईपीओ सम्बन्धीत विषयमा कर्पोरेट सल्लाहकारको भूमिकामा रही होटल गरिमा लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) प्रक्रियाको तयारी, नियामक निकायहरू सँगको समन्वय तथा संस्थागत व्यवस्थापन परिपालना सम्बन्धी कम्पनीको कार्य सुदृढीकरणमा आवश्यक परामर्श र सहयोग प्रदान गर्ने छ ।
FACEBOOK COMMENTS