काठमाडौं । ट्रेड टावर कम्पनीले निष्कासन गरेको साधारण सेयर आईपीओ आज बाँडफाँट हुने भएको छ ।
आईपीओको बाँडफाँट बिहान साढे ९ बजे होटल क्रिष्टल पशुपति, गौशालामा बाँडफाँट हुने बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।
आईपीओमा मागभन्दा ७.८२ गुणा बढी आवेदन परेको छ । आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथा मार्फत आईपीओ बाँडफाँट हुनेछ ।
२१ लाख ६९ हजार ८९१ जनाले २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन दिएका छन् । ३ लाख २९ हजार ६५० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १८ लाख ४० हजार २४१ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले जेठ १४ देखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासन गरेको थियो ।
FACEBOOK COMMENTS