काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स सर्वसाधारणमा सेयर निष्काशनको प्रकृयामा रहेको छ ।
कम्पनीलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपालले आइसिआरए डबल बी रेटिङ दिएको छ । इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको मानिन्छ ।
साथै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेड र आरविवि म्युचुअल फण्ड १ संग सम्झौता गरी सर्वसाधारणमा जारी गरिने धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशनका लागि शेयर प्रत्याभुतीकर्ताको रुपमा नियुक्त समेत गरिसकेको छ ।
कम्पनीको जारी पूँजी ७५ करोडकोे ३० प्रतिशत अर्थात २२ करोड ५० लाख रकम बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्कासन गर्ने भएको छ ।
FACEBOOK COMMENTS