काठमाडौं । दरमखोला हाइड्रो इनर्जी कम्पनीले साधारण सेयर आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई सेयर निष्कासन गरेको छ ।
कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशतले हुन आउने ३९ करोड ५० लाख रुपैयाँको आईपीओ ल्याउन अनुमति दिएको छ । प्रतिकित्ता १०० रुपैयाँका दरले ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन अनुमति पाएको छ ।
कम्पनीले १० लाख ३० हजार ५०० कित्ता आयोजना प्रभावित गुल्मी जिल्ला मुसीकोट नगरपालिका, बागलुङको गल्कोट नगरपालिका र बडीगाड नगरपालिकाका स्थानीयलाई निष्कासन गरेको छ ।
यस्तै सर्वसाधारणलाई छुट्याइएको २९ लाख १९ हजार ५०० कित्तामध्ये २ लाख ९१ हजार ९५० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरेको छ । यस्तै ५८ हजार ३९० कित्ता कर्मचारी, १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगाानीलाई र बाँकी २४ लाख २३ हजार १८५ कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको छ ।
आईपीओमा स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । वैदेशिक रोजगारमा रहेका नेपाली र स्थानीयले असार २३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा स्थानीयले भने साउन ६ गतेसम्म आवेदन दिन पाउनेछन् ।
वैदेशिक रोजगारमा रहेका नेपालीले धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर माफेत आवेदन दिन सक्नेछन् । स्थानीयले ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गल्कोट शाखा, प्रभु बैंकको गल्कोट शाखा, दरमखोला पावरहाउसको स्वीकृतिपछि तोकिने संकलन केन्द्रबाट खरिद आवेदन दिन सक्नेछन्।
यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ ।
FACEBOOK COMMENTS