काठमाडौं । हिम स्टार उर्जा कम्पनीले आज मंगलबार असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ७ लाख ७३ हजार ९७५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
कुल रकम ७ करोड ७३ लाख ९७ हजार ५ सय रुपैयाँ बराबरकाे आईपीओमा सर्वसाधारणले असार २७ गतेसम्म आवेदन दिन सक्नेछन्।
यदि तोकिएको अवधिमा सम्पूर्ण शेयर नबिकेमा आवेदन अवधि साउन ६ गतेसम्म थपिनेछ।
यो आईपीओ मा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइनेछ।
इच्छुक लगानीकर्ताले सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरिसकेको छ।
FACEBOOK COMMENTS