काठमाडाैं । वैदेशिक राेजगारिमा रहेका नेपालीले आइपीओमा १० प्रतिशत आरक्षण पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले जारी गरेकाे ‘धितोपत्र दर्ता तथा निष्काशन (छैठौं संशोधन) नियमावली, २०७९’ अनुसार वैदेशिक राेजगारिमा रहेका नेपालीले आइपीओमा १० प्रतिशत आरक्षण पाउने भएका हुन् ।
संशोधित नियमावलीमा कुनैपनि कम्पनीले आइपीओ निष्काशन गर्दा नेपाल सरकारकाे सम्बन्धीत निकायबाट श्रम स्वीकृत लिएर विदेशमा राेजगारि गरिरहेका नेपालीका लागि १० प्रतिशत छुट्याउनु पर्ने उल्लेख छ ।
foren-ipo
FACEBOOK COMMENTS