काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले अर्को साता अर्थात् साउन १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आईपीओ निष्कासन गरिसकेको कम्पनीले साउन १५ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीलाई एक अर्ब तीन करोड पाँच लाख रुपैयाँ बराबरको जारी पूँजीको ३८ दशमलव ३३ प्रतिशत हिस्सा अर्थात् ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति प्राप्त भएको थियो ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने बताइएको छ ।
FACEBOOK COMMENTS