काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । आइपीओमा आवेदन दिएकामध्ये ५ लाख ४० हजार आवेदकले १०-१० कित्ता सेयर पाएका छन् । आवेदन दिएका २४ लाख १९ हजार ८४८ मध्ये २३ लाख ८ हजार १२२ आवेदनमा योग्य ठहरिएका थिए ।
जसमा ५ लाख ४० हजारले १०-१० कित्ता सेयर पाउँदा १७ लाख ६८ हजार १२२ जना आवेदकको हात खालि भएको छ । कम्पनीको सेयर साउन २० देखि २४ गतेसम्म निष्काशन भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
FACEBOOK COMMENTS