काठमाडौं । मोदी इनर्जी कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ७२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
जसमा २९ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीय, ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ ।
३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याएको छ ।
बाँकी रहेको ५९ लाख ९४ हजार ४२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन ।
आवेदन न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म दिन सकिनेछ । आवेदन वैशाख १९ देखि २४ गतेसम्म दिन सकिने छ ।
उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ २ गतेसम्म आवेदन दिन सकिने छ ।
आईपीओमा सी आश्वा सदस्य भएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धकमा सनराइज ब्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS