काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ आज (मंगलबार) बिहान ९ बजे बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको आईपीओको प्रि–अलोटमेन्ट सोमबार सकिएको छ । बाँडफाँड आज ९ बजे हुनेछ ।
आइपीओमा रितपूर्वक आवेदन दिएका कुल संख्यामध्ये ६८ हजार ४७४ जनाले १० कित्ताको दरमा सेयर पाउनेछन् ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । कुल सेयरमध्ये १४ हजार ७२६ कित्ता कर्मचारीहरुका लागि र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारणलाई निष्काशन हुने गरेको थियो ।
आइपीओको नजिता बिक्री प्रबन्धकको वेवसाइट, मैलुङ खोलाको वेससाइट, मेरो सेयर र सिडिएससीले आइपीओको नजिता थाहा पाउन तयार पारेको वेवसाइटबाट थाहा पाउन सकिने छ ।
FACEBOOK COMMENTS