काठमाडौं । पियोर इनर्जी लिमिटेडले निष्काशन गरेको ११ लाख ९५ हजार २०० कित्ता साधारण शेयर (आईपीओ)मा १९ लाख ३६ हजार ५३ जनाले आवेदन दिएका छन् ।
ती आवेदकबाट दुई करोड २७ लाख ४२ हजार ६५० कित्ता शेयर माग भएको छ । त्यसबापत कम्पनीले दुई अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ सङ्कलन गरेको छ ।
जारी गरिएको शेयर सङ्ख्या र आवेदकले माग गरेको शेयर सङ्ख्याका आधारमा यो आवेदन १९ दशमलव ०२ गुणाले बढी हो । माग भन्दा धेरै आवेदन परेपछि पियोर इनर्जीको आईपीओ गोलाप्रथा विधि प्रयोग गरेर बाँडफाँट गरिने निश्चित भएको छ ।
पियोर इनर्जीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म ११ लाख ९५ हजार २०० कित्ता आईपीओ जारी गरेको थियो । आईपीओको बिक्री नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको हो ।
एक अर्ब रुपैयाँको ‘रिलायबल समृद्धि योजना’ मा आवेदन खुला
FACEBOOK COMMENTS