काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैत १८–२० गतेसम्म गरेको मित्र राष्ट्र भारतको भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा भएको उपलब्धीहरूबारे जानकारी दिन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ ।
तीन दिने भारत भ्रमण पूरा गरी हिजो आइतबार प्रधानमन्त्री देउवा स्वदेश फर्किएका छन् । भ्रमणको दौरान नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति तथा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्राविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको छ ।
त्यस्तै नेपाल र भारतले ऊर्जा क्षेत्रमा सहयोग सम्बन्धी ‘भारत–नेपाल संयुक्त भिजन’ पनि जारी गरिएको छ ।
दिउँसो ४ बजे आयोजना हुने पत्रकार सम्मेलनमा ‘हिमालयन हाइड्रो एक्स्पो, २०२२’को समापनबारे पनि जानकारी दिइने इपानले जानकारी दिएको छ ।
शनिबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी तेस्रो संस्करणको एक्स्पो पनि आजै समापन हुँदैछ ।
FACEBOOK COMMENTS