काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को विशेष समारोहमध्येको एक ऊर्जा सम्मेलनको नयाँ संस्करण पावर समिट, २०२५ को पूर्वनिर्धारित मिति परिवर्तन गरिएको छ ।
आगामी असोज १ र २ गतेका लागि तय गरिएको मिति प्रधानमन्त्री ओलीका कारण सार्नुपरेको इप्पानले जनाएको छ । पावर समटका लागि निर्धारण गरिएको मितिको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको कार्यक्रम तय भएका कारण मिति सारिएको बताइएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणमा इप्पान पदाधिकारीहरुको समेत सहभागिता रहने भएकाले पावर समिटको मिति पछाडि सारिएको जानकारी इप्पानले दिएको छ ।
अव पावर समिट, २०२५ साविककै स्थान सोल्टी होटेलमा आगामी असोज २९ र ३० गते आयोजना गरिने पनि स्पष्ट गरिएको छ । सन् २००६ देखि हरेक २/२ वर्षमा आयोजना हुँदै आएको पावर समिटको यो नवौ संस्करण हो ।
पावर समिटको मिति परिवर्तनबाट हाम्रा सेवाग्राही र सहभागीहरुमा पर्न गएको असुविधाप्रति इप्पान क्षमयाचना गरेको छ । नयाँ मितिमा हुने पावर समिटको बाँकी सबै एजेण्डाहरु समान नै रहेकाले यसलाई भव्यरुपमा सफल बनाउन सम्वद्ध सबै सरोकारवाला निकायको साथको अपेक्षा गरेको विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS