काठमाडौं । इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानका वरिष्ठ कमाण्डरको मृत्यु भएको दाबी गरेका छन् ।
शनिबार इरानी शहर कोममा रहेको एक आवासीय भवनमा इजरायलले गरेको आक्रमणमा इरानका बरिष्ठ कमाण्डरको मृत्यु भएको दाबि गरेका हुन् ।
काट्जले सईद इजादीले अक्टोबर ७, २०२३ मा इजरायलमा हमासको आक्रमणलाई आर्थिक सहयोग गरेका थिए । उनले भने, ‘यो इजरायली गुप्तचर विभाग र वायुसेनाका लागि ठूलो उपलब्धि हो । हत्या गरिएका र बन्धकहरूको लागि न्याय छ । इजरायलको लामो हातले आफ्ना सबै शत्रुहरूलाई पुर्याउनेछ ।’
इजादी इरानको शक्तिशाली कुड्स फोर्सका सदस्य थिए । यो इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको एक शाखा हो । यद्यपि, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अहिलेसम्म इजादीको मृत्युको पुष्टि गरेको छैन ।
FACEBOOK COMMENTS