काठमाडौँ । इरानमा १२ दिनदेखि सरकार विरोधी सुरु भएको प्रदर्शनहरू झन चर्किदै गएको छ।
प्रदर्शन राजधानी तेहरान र देशभरका धेरै अन्य शहरहरूमा भइरहेका छन् । अहिलेसम्म यी प्रदर्शनहरूमा कम्तिमा ४५ प्रदर्शनकारी र चार सुरक्षाकर्मीको मृत्यु भएको छ । दुई हजारभन्दा बढी प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको छ ।
एक अनुगमन समूहका अनुसार, आन्दोलन चर्किएका शहरहरूमा देशभर इन्टरनेट सेवा काटिएको छ । इन्टरनेट अनुगमन समूह नेटब्लक्सले राष्ट्रव्यापी विरोध प्रदर्शनहरूमा तेहरान र इरानका धेरै अन्य भागहरूमा डिजिटल ब्ल्याकआउट भएको रिपोर्ट गरेको छ ।
जसले इन्टरनेट जडानमा बाधा पुर्याएको छ । देशभर इन्टरनेट र फोन सेवाहरू अस्थायी रूपमा बन्द गरिएको छ।
तेहरान विमानस्थल पनि बन्द गरिएको छ र सेनालाई सतर्क राखिएको छ। तेहरानका बजारहरू बन्द रहेका छन् र विद्यार्थीहरूले विश्वविद्यालय क्याम्पसहरू कब्जा गरेका छन् ।

त्यसको केही समयपछि, सरकारले देशभर इन्टरनेट र फोन लाइनहरू काटेको छ । तैपनि, केही मानिसहरूले एलोन मस्कको उपग्रह(संचालित इन्टरनेट सेवा स्टारलिङ्कबाट भिडियोहरू पोस्ट गरिरहेका छन् ।

किन भैइरहेको छ प्रदर्शन ?

बिहीबार निर्वासित राजकुमार रेजा पहलवीले मानिसहरूलाई सडकमा आउन अपील गरेपछि विरोध प्रदर्शन तीव्र भएको छ । रेजा पहलवी इरानका अन्तिम शाह मोहम्मद रेजा पहलवीका छोरा हुन् ।

उनका बुबा १९७९ को इस्लामिक क्रान्तिको समयमा सत्ताबाट हटाइएका थिए । राजकुमार पहलवी हाल अमेरिकामा बस्छन् । यस अशान्तिको बीचमा, अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि धम्की दिएका छन् ।

यदि प्रदर्शनकारीहरू मारिए भने अमेरिकाले इरानमा आक्रमण गर्ने उनले बताएका थिए । देशमा आर्थिक संकटले जेनजी युवाहरु आन्दोलनमा होमिएका छन् । डिसेम्बर २०२५ मा, इरानी मुद्रा, रियाल, प्रति अमेरिकी डलर लगभग १.४५ मिलियनमा झरेको छ, जुन अहिलेसम्मकै सबैभन्दा कम स्तर हो ।
वर्षको सुरुवातदेखि, रियालको मूल्य लगभग आधा भएको छ । मुद्रास्फीति यहाँ शिखरमा पुगेको छ ।
खाद्यान्नको मूल्य ७२ प्रतिशतले र औषधिको मूल्य ५० प्रतिशतले बढेको छ । यस बाहेक, २०२६ को बजेटमा ६२ प्रतिशतले कर बढाउने सरकारको प्रस्तावले आम जनतामा ठूलो आक्रोश सिर्जना गरेको छ ।
FACEBOOK COMMENTS