काठमाडौँ । इरानमा जासुसी गरेको आरोपमा ९७ जनालाई पक्राउ गरिएको छ ।
इरानको गुप्तचर मन्त्रालयका अनुसार पक्राउ परेकामाथि अमेरिका र इजरायलका लागि काम गरेको आरोप लगाइएको छ । तीमध्ये १३ जना कथित जासुसलाई दक्षिण- पूर्वी क्षेत्रबाट नियन्त्रणमा लिइएको जनाइएको छ ।
मन्त्रालयले उनीहरू देशभित्र अशान्ति फैलाउने र हिंसात्मक गतिविधि गराउने योजनामा संलग्न रहेको दाबी गरेको छ । साथै, दक्षिण–पश्चिमी क्षेत्र इराक सीमाना आसपास पाँचवटा हतियारधारी सञ्जाल ध्वस्त पारिएको पनि जनाएको छ । यसअघि अल्बोर्ज प्रान्तबाट ४१ जनालाई पक्राउ गरिएको थियो ।
उनीहरूलाई युद्धसम्बन्धी भिडियो विदेशी सञ्जालमा पठाएको आरोप लगाइएको छ ।
FACEBOOK COMMENTS