काठमाडौं । इरानले हिरासतमा रहेका एक जापानी नागरिकलाई रिहा गरेको छ । उनी छिट्टै आफ्नो देश फर्किने जनाइएको छ।
जापानका विदेश मन्त्री तोशिमित्सु मोटेगीका अनुसार इरानमा पक्राउ परेका दुईमध्ये एक जनालाई बुधबार रिहा गरिएको हो । उनी गत वर्षदेखि हिरासतमा रहेका थिए ।
मोटेगीले यस वर्ष पक्राउ परेका अर्का जापानी नागरिक भने अझै इरानकै नियन्त्रणमा रहेको जानकारी दिएका छन्। दुवै जनाको परिचय सार्वजनिक गरिएको छैन ।
रिहाइ इरानका विदेश मन्त्री अब्बास अराघचीसँगको कुराकानीपछि सम्भव भएको बताइएको छ । बाँकी रहेका नागरिकको रिहाइका लागि पनि पहल जारी रहेको मन्त्री मोटेगीले बताएका छन् ।
FACEBOOK COMMENTS