काठमाडौँ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका गुप्तचर प्रमुख माजिद खादेमी अमेरिकी–इजरायली हमलामा मारिएका छन्।
आईआरजीसीले सोमबार सार्वजनिक गरेको वक्तव्यअनुसार खादेमीको मृत्यु अप्रिल ६ को बिहान भएको हो । घटनापछि इजरायलका रक्षा मन्त्रीले आक्रमणको जिम्मेवारी लिएको बताएका छन् भने इजरायली सेनाले पनि यसलाई आईआरजीसीका लागि ठूलो धक्का भएको जनाएको छ ।
खादेमी केही महिनाअघि मात्रै उक्त जिम्मेवारीमा नियुक्त भएका थिए । यसअघि इजरायली आक्रमणमा पूर्व गुप्तचर प्रमुखको मृत्यु भएपछि उनलाई नयाँ कमाण्डर बनाइएको थियो ।
उनले इरानको साइबर सुरक्षालाई मजबुत बनाउन घरेलु इन्टरनेट प्रणालीलाई प्राथमिकता दिनुपर्ने धारणा सार्वजनिक रूपमा राख्दै आएका थिए ।
विश्लेषकहरूका अनुसार पछिल्लो घटनाले इरान र अमेरिका–इजरायलबीचको तनाव अझ बढ्ने संकेत देखिएको छ ।
