काठमाडौं । इराक फिफा फुटबल विश्वकपमा छनौट भएको छ ।
इन्टरकान्टिनेन्टल प्लेअफमा बोलिभियालाई २–१ गोल अन्तरले पराजित गर्दै इराक अमेरिका मेक्सिको र क्यानडामा हुने विश्वकपमा छनौट भएको हो । विश्वकपमा छनौट भएसँगै इराक समुह आइमा फ्रान्स सेनेगल र नर्वेसँग परेको छ ।
इराक एशियाबाट विश्वकपमा छनौट हुने आठौ देश भएको छ भने कुल सहभागी ४८ देश मध्ये छनौट हुने अन्तिम देश पनि बनेको छ ।
एशियाबाट इराकसहित, अस्ट्रेलिया, इरान, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्बेकिस्तान विश्वकपमा छनौट भएका छन् ।
विश्वकप फुटबल आगामी जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोका १६ शहरमा हुदैछ ।
